गण्डकी प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रमुख गुरुङले सम्बोधन गर्ने
१७ फागुन, पोखरा । गण्डकी प्रदेशसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक नदीपुरस्थित प्रदेशसभा भवनमा दिउँसो २ बजे बस्ने छ । उक्त बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो अधिवेशन सुरू भएपछि सम्बोधन गर्ने व्यवस्था छ । राष्ट्रपतिको चुनावलाई लिएर फागुन १२ गते गठबन्धन भत्कियाे । गठबन्धन भत्किए पनि गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ सुरक्षित देखिएका छन् ।
सत्ताको कोपभाजनमा परेको प्रदेश प्रमुख पदमा उनी पाँच वर्ष नै बस्ने सम्भावना बढेर गएको छ । उनै प्रदेश प्रमुख गुरुङले एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारको सपथ गराइसकेका छन् भने संवैधानिक मर्म अनुसार बुधबार उनले गण्डकी संसदमा सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । संयोग कस्तो भने, आफ्नो बाँकी कार्यकाल पूरा हुने हो कि नहुने हो भन्ने अवस्थाबाट प्रदेश प्रमुख गुरुङ मुक्त हुँदा यहाँका मुख्यमन्त्री भने त्यही परिस्थितिमा पुगेका छन् ।
आफूलाई विश्वासको मत दिएको माओवादी केन्द्रले समर्थन फिर्ता त लिएको छैन तर समर्थन फिर्ता लिना साथ सत्ता छाड्नुपर्ने बाध्यतामा मुख्यमन्त्री अधिकारी छन् । सोही व्यवस्थाअनुसार प्रदेश प्रमुख गुरूङले आजको बैठकलाई सम्बोधन गर्ने सचिवालयले जनाएको छ । यसअघि प्रदेश प्रमुखले नीति तथा कार्यक्रम ल्याउने दिन एकैपटक सम्बोधन गर्ने गर्दथे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply