१७ फाल्गुन २०७९, बुधबार ०७:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्न एमालेको प्रस्ताव,माओवादीले पनि भोट हाल्ने
१७ फागुन, काठमाडौं । नेकपा एमालेले प्रदेश १ को नाम कोशी प्रदेश प्रस्ताव राख्न प्रदेशसभा सचिवसमक्ष प्रस्ताव दर्ता गराएको छ।
कोशी नामका लागि एमालेका रामकुमार राना प्रस्तावक छन्। उक्त प्रस्तावको एमालेकै निरन राई र भूमि राजवंशीले समर्थन गरेका छन्।
प्रदेशसभा सदस्यहरुलाई १० बजेदेखि १ बजेसम्म प्रस्ताव दर्ता गने समयससीमा दिइएको छ।
प्रदेश नामकरणको प्रस्ताव पेस गर्न दलहरूलाई थप एक घण्टा समय
जसमा एमालेको तर्फबाट कोशी प्रदेश नाम राख्न प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिव गोपाल पराजुलीले जानकारी दिए।
यसैबीच नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले कोशी प्रदेशमा भोट हाल्ने निर्णय गरेको छ।
माओवादीका प्रदेश सभा सदस्य गणेश उप्रेतीले बैठकले कोशी प्रदेशमा भोट हाल्ने निर्णय भएको बताए।
अहिले विराटनगरमा एमाले र काङ्ग्रेसको दलको बैठक जारी छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply