प्रदेश–१ को नाम जुराउन प्रदेश सभा बैठक शुरु
१७ फागुन, विराटनगर । प्रदेशको नाम जुराउने विषयमा छलफल गर्न प्रदेश–१ को प्रदेश सभाको बैठक शुरु भएको छ । एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव दर्ता गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको पक्षमा मतदान गर्ने बताएका छन् ।
प्रदेश सभाको नामकरणका लागि प्रदेश सभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको छ, नेकपा एसको चार र जसपाको एक जना सांसद छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ । प्रदेश सभाले नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । दलहरू भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply