२२ फाल्गुन २०७९, सोमबार ०९:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य
२२ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।
दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ८ विकेट गुमाएर २२९ रन बनायो ।
४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका भीम सार्कीले अर्धशतक पूरा गरे । उनी ९९ बलमा ७० रन बनाउँदै आउट भए ।
२०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो ।
सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भए ।
कुशल मल्ल ३२ तथा करन केसी १७ रनमा आउट भए ।
यसअघि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply