एमाले अरु पार्टीहरु जस्तो दिनहुँ फोहोरी खेलमा लाग्दैन : ओली
२६ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु दैनिक फोहोरी खेलमा लागेको टिप्पणी गर्दै आफूहरु त्यसमा सहभागी नहुने बताएका छन् । नेकपा एमाले निकट खेलकुद महासंघका नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओली आफूहरु अरु पार्टी जस्तो क्षणिक दैनिक फोहोरी खेलमा नलाग्ने बताए ।
एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने भन्दै आफूहरु म्याराथन दौडमा रहेको दावी गरे । ओलीले एमाले लामो दौडको घोडा भएको उनले बताएका छन् । ‘सिल्भर ताते जस्तो हामी तात्दैनौं, यसो ताप पायो तातिहाल्यो, भूईमा राख्यो एकैछिनमा सेलाइहाल्यो, हामी अर्बौं वर्ष खरबौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्नु पर्छ, एमाले त्यस्तै हो । ओलीले छिटो पनि नगरी, हतार पनि नगरी, योजनावद्ध ढंगले अघि बढ्नु पर्ने बताए ।
अध्यक्ष ओलीले अहंकार दिमागमा पस्यो भने त्यसले अन्य कुरालाई रोक्ने बताएका छन् । अंहकार बोक्यो भने कुनै पनि व्यक्ति कतै पनि सफल हुँदैन । त्यो मानिसको विनास हुन्छ जसले अहंकार बोक्छ, अहंकारले दिमागमा अन्य कुरा पस्नै दिँदैन । आफू बस्छ ढोका लगाएर चुकुल लगाउँछ । केही चिज पस्दै दिँदैन आफू मात्रै बस्छ । अंहकार यस्तो गरी बढ्दै जान्छ कि त्यसले कोठा नै फुटाउला जस्तो गर्छ ।
उनले थपे, त्यसैले मस्तिष्कमा अहंकार पस्न दिनु हुँदैन । खेलाडीले अहंकारलाई जे जे हानेर हुन्छ भगाइहाल्नु पर्छ । अहंकारलाई फ्लाइङ किक हाने वा राउन्ड किक हानेर बजाइ दिनुहोस् । बक्सिङ, कराँते, जुडो के हुन्छ अहंकारलाई बजाइदिहाल्नु । अहंकारले मितेरी लगायो भने त्यसले खत्तम पार्छ । त्यसैले अहंकारसँग जम्काभेट हुनु हुँदैन, भयो भने दिइहाल्नु पर्छ दनक ।
अहंकारलाई हटाएपछि मात्रै प्रगति हुने भन्दै उनले सुझाव दिए । म ज्ञानी हुँ, म पण्डित छु, म यहाँ छु म त्यहाँ छु, मजस्तो जान्ने को छ भन्यो भने त्यसले गरिखाँदैन । म विद्वान छु भनेर ठान्दछ भने त्यसले सक्दैन । म जान्दछु म जस्तो कोही छैन भन्यो भने बिग्रन्छ, ओलीले भने ।
कार्यक्रममा अध्यक्ष ओलीले खेल मात्रै नभएर राजनीतिमा पनि ‘फल’ खेल्ने सफल नहुने बताए । पेले, म्याराडोना, मेस्सी, एम्बापेसहित खेलाडीको उदाहरण दिँदै उनीहरू ‘फल’ नखेल्ने मात्रै नभएर उनीहरुले अरु फल खेल्छन् कि भनेर जोगिने गरेको पनि बताए ।
राम्रो उत्कृष्ट भनेर चिनिएका खेलाडीहरुले रफ र फल खेल्दैनन्, नियम तोड्दैनन् । राम्रो खेलाडीलाई रेड मात्रै होइन एल्लो कार्ड पनि देखाउनु पर्दैन । धकेल्दै धकेल्दैन रफ खेल्दै खेल्दैन । अर्काको खुट्टामा हान्दै हान्दैन । अरुले हान्ला भनेर पनि बडो सतर्कता साथ बचेर खेलेको हुन्छ । राम्रो खेलाडीलाई रफ खेल्नेहरुले घाइते बनाइदिएर त्यो टिमलाई कमजोर बनाउने कोशिस गर्छन्, ओलीले भने, त्यसैले राम्रो खेलाडी अप्रिय रुपमा खेल्ने वा नियम विपरीत नजाने मात्रै होइन अरुको फल खेलसँग पनि आफू जोखिन्छ । किनभने उसलाई घाइते बनाइदिनसक्छन् र आफ्नो टिमलाई कमजोर बनाइदिन सक्छन् । सफल खेलाडी हुने हो भने फल खेल्नु हुँदैन । सफल राजनीतिज्ञ हुने हो भने फल खेल्नु हुँदैन ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply