गठबन्धन महिलाविरोधी छ, उपराष्ट्रपतिमा जालझेल गर्न खोज्दैछ : अध्यक्ष ओली
२७ फागुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धन महिलाविरोधी रहेको बताएका छन् ।
आज (शनिबार) पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौंथो विस्तारीत बैठकलाई सम्बोधन गर्दै ओलीले कानून छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडि पार्ने काम सत्तारुढ गठनबन्धनले गरेको बताएका हुन् ।
उनले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्गको प्रतिनिधित्व गराउने बिषयमा पनि सत्ता गठबन्धनले जालझेल गर्न खोजेको धारणा राखे । ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसै अनुसार अघि बढ्नु पर्नेमा जोड दिए ।
त्यस्तै ओलीले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको भन्दै आफ्नो पार्टीमा आउन भनेपछि नेपालले अस्वीकार गरेको जिकिर गरे । ओलीले महिला आन्दोलनलाई डलर पचाउने माध्यममा रुपमा प्रयोग गर्न नहुने र वास्तविक रुपमै एमालेको महिला संगठनले मुलुकका लागि लडेको जिकिर गरे ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply