संघीयताविरुद्ध चैत १० देखि जनमोर्चाको देशव्यापी अभियान
३० फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निणर्य गरेको छ । फागुन २७-२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निणर्य गरेको हो ।
यही अभियान अन्तर्गत चैत २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने जनाइएको छ ।
यस्तै आउँदो वैशाख १० गते हुने चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । साथै पार्टीले उक्त निर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव र ईशाइकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निणर्य पनि गरेको छ ।
उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जनाइएको छ ।
परिषदको बैठकले अध्यक्ष चित्रबहादुर के.सी.ले प्रस्तुत गर्नुभएको तात्कालिक राजनैतिक प्रस्ताव गम्भीर छलफल पश्चात पारित गरेको छ । जसमा भनिएको छ, तात्कालिक राजनैतिक प्रस्तावमा गणतन्त्र र राष्ट्रियतामाथि देखिएको खतराका विरुद्ध सङ्घर्ष गर्ने क्रममा प्रतिगमनका विरुद्ध आउने सबै शक्तिहरुसँग सहकार्य गर्ने कुरामा जोड दिइएको छ । विश्व तथा स्वयम् नेपालमा देखिएको आर्थिक सङ्कटको परिप्रेक्षमा सङ्घीयता आर्थिक रूपले बोझिलो भएका कारण त्यसको खारेजीका लागि सङ्घर्ष गर्ने कुरामा जोड दिइएको छ । पौष १० गते बनेको समीकरणलाई भत्काएर प्रधानमन्त्रीले राजनैतिक कोर्स सच्चाएकोमा समर्थन गर्दै उहाँलाई धन्यवाद दिनुका साथै माओवादी, काङ्ग्रेसले प्रतिगमनका विरुद्ध सही नीति अपनाएपनि राष्ट्रियताका विरुद्ध जाने गरेका छन् । माओवादी, काङ्गेसले अपनाउने राष्ट्रियताका विरुद्धका नीतिसँग सङ्घर्ष गर्नुपर्ने सम्भावनालाई पनि प्रस्तावले स्वीकार गरेको छ । राष्ट्रियताको सवालमा काङ्ग्रेस माओवादी मधेसवादी तथा एमाले विपक्षमा रहेका छन् । तर एमाले राष्ट्रियताका साथै गणतन्त्रका विरुद्ध पनि रहेको छ । नेपालमा अमेरिकी साम्राज्यवादको प्रभाव बढ्दै गएकोमा त्यसका विरुद्धको सङ्घर्षमा प्रस्तावले जोड दिएको छ ।
बैठकले सङ्घर्षका आगामी कार्यक्रमहरू तय गरेको छ । सङ्घीयताका विरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निणर्य गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गराँै” भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ । चैत्र २८ गते काठमाण्डौंमा नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षा” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने ठेगान भएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply