ओडीआई वरीयतामा नामिबियालाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लियो
१ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एक दिवसीय वरीयता (ओडीआई) मा नेपालले नामिबियालाई पछि पार्दै उल्लेख्य सुधार गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको हो ।
लिग– २ मा नेपालले पछिल्लो एक महिनामा धमकेदार खेल देखाएको छ । लिगका पछिल्ला ११ खेलमध्ये १० खेल जितेको नेपालले विभिन्न कीर्तिमान पनि बनाएको छ ।
लिग २ का ३५ खेलमा ३८ अंक जोड्दै नेपाल चौथो स्थानमा उक्लिएको छ । अब बिहीबार हुने यूएईसँगको खेलमा जित निकाले नेपालले सोझै एकदिवसीय विश्वकप छनोट खेल खेल्न पाउने छ । ओडीआईको नयाँ वरीयताअनुसार नेपालले १,१६७ अंक पाएको छ । नयाँ ओडीआई वरीयतामा ५ हजार १० अंकसहित भारत शीर्ष स्थानमा छ । अस्ट्रेलिया र न्युजिल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
घरेलु मैदानमा सक्टल्याण्ड र नामिबियासँग खेल्नुअघि नेपाल १९ औं स्थानमा थियो । त्यसपछिका ११ मध्ये एक बाहेक सबै खेल जिती नेपाल १६ औं स्थानमा उक्लिएको हो । यससँगै नेपालले एकदिवसीय वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply