आज सरकारी निवास छोड्दै उपराष्ट्रपति पुन
२ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आज (बिहीबार) सरकारी निवास छोड्ने भएका छन् । उपराष्ट्रपतिका लागि भोलि निर्वाचन हुँदै गर्दा पुनले आजै सरकारी निवास छोड्न लागेका हुन् ।
पुन लैनचौरस्थित सरकारी निवास छोडेर चन्द्रागिरि नगरपालिका दहचोकमा बनेको आफ्नै घरमा सर्न लागेका हुन् । बिहीबार दिउँसो १२ बजे सरकारी निवासबाट सर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पुनका लागि दहचोकमा निजी निवास निर्माण भइसकेको छ ।
नयाँ उपराष्ट्रपतिको लागि भोलि शुक्रबार निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको निर्वाचनअघि नै पुन निजी निवासमा सर्न लागेका हुन् । फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका रामचन्द्र पौडेललाई फागुन २९ गते शीतलनिवासमा स्वागत गरिएको थियो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि सोही दिन निजी निवास सरेकी थिइन् ।
उपराष्ट्रपतिका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलको गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन् । उता जनमत पार्टीले समानुपातिक सांसद ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । चैत ३ गते हुने उपराष्ट्रपति चुनावमा संघ र प्रदेशका ८ सय ८१ सांसदले मतदान गर्नेछन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply