आज सरकारी निवास छोड्दै उपराष्ट्रपति पुन
२ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आज (बिहीबार) सरकारी निवास छोड्ने भएका छन् । उपराष्ट्रपतिका लागि भोलि निर्वाचन हुँदै गर्दा पुनले आजै सरकारी निवास छोड्न लागेका हुन् ।
पुन लैनचौरस्थित सरकारी निवास छोडेर चन्द्रागिरि नगरपालिका दहचोकमा बनेको आफ्नै घरमा सर्न लागेका हुन् । बिहीबार दिउँसो १२ बजे सरकारी निवासबाट सर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पुनका लागि दहचोकमा निजी निवास निर्माण भइसकेको छ ।
नयाँ उपराष्ट्रपतिको लागि भोलि शुक्रबार निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको निर्वाचनअघि नै पुन निजी निवासमा सर्न लागेका हुन् । फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका रामचन्द्र पौडेललाई फागुन २९ गते शीतलनिवासमा स्वागत गरिएको थियो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि सोही दिन निजी निवास सरेकी थिइन् ।
उपराष्ट्रपतिका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलको गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन् । उता जनमत पार्टीले समानुपातिक सांसद ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । चैत ३ गते हुने उपराष्ट्रपति चुनावमा संघ र प्रदेशका ८ सय ८१ सांसदले मतदान गर्नेछन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply