मतदानपछि ओलीको प्रतिक्रिया : यो डेमोक्रेटिक सिस्टम होइन, साँठगाँठवाला सिस्टम हो
३ चैत,काठमाडौँ । नेकपा (एमाले) एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ ।
संसद भवन नयाँबानेश्वरमा जारी मतदानपछि उनले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गरेका छन् । संसद भवनबाट बाहिरिने क्रममा सत्ता गठबन्धनतिर लक्षित गर्दै साँठगाँठमा रमाएको बताए । यो डेमोक्रेटिक सिस्टम होइन, साँठगाँठवाला सिस्टम हो, उनले भने, साँठगाँठ गरेर अघि बढेका छन् ।
उनले केन्द्रबाट प्रदेशसम्म सत्ता गए पनि आफूहरुलाई फरक नपर्ने बताए । सत्ता गएर के हुन्छ, हामी प्रतिपक्षमा बस्छौँ, उनले भने, प्रतिपक्षमा बस्दैमा राजनीति सकिने होइन, अमेरिकामा पनि रिपब्लिकन पार्टी प्रतिपक्षमा बसेकै हो, उसको राजनीति सकिएको छैन ।
उनले संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्थाको कानुनबारे आफूहरुले संसदमा स्पष्ट बोल्ने बताए । टीआरसीबारे हामी संसदमा स्पष्ट रुपमा बोल्छौँ, उनले भने, टुंग्याउनुपर्छ तर राम्रो गरेर ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply