दुर्गा प्रसाईका गतिविधि नियन्त्रणमा नलिए प्रतिकार गर्ने ओलीको चेतावनी
३ चैत, काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले व्यवसायी दुर्गा प्रसाईका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने चेतावनी दिए।
उनले साग र साईकल सस्तोमा पाईन्छ भनेर देश नै अर्को देशमा मिसाई दिने अभिव्यक्ति दिनेलाई सरकारले किन नसुनेको भनि प्रश्न समेत गरे।
उनले भने, अहिले त अचम्म लाग्छ–सरकारको नोटिसमा छ कि छैन, सरकारले गराएको होकि होइन? एउटा मान्छे कुद्छ, दुईटा मान्छे कुद्छ, एक हुल मान्छे कुद्छ। केही पेड मान्छेहरु थपडी बजाउन त्यहाँ पठाईन्छ। यो देश सार्वभौमसत्ता सम्पन्न राष्ट्र राख्न भन्दा विदेशीलाई बुझाई दियो भने, सुम्पिदियो भने साग सस्तो पाईन्छ, साईकल सस्तो पाईन्छ। किन यो देश राख्ने भन्छ? सरकार सुन्छ कि सुन्दैन? यो देशको सन्तान भन्न पनि नसुहाउँने, देशद्रोही कुरा गरेर मान्छे हिँडी राख्या छ। सरकारले लगाएको होकि नलगाएको हो? सरकार सुन्छ कि सुन्दैन? के यही प्रचार, यही अभियान जनताले प्रतिवाद गर्न नपरोस्।
अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको विरुद्धमा वकालत गर्नेहरुलाई नेपाली जनताले नछाड्ने र त्यसमा आफ्नो पार्टीको साथ रहने बताए।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply