चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित
५ चैत, काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । हिजो (शनिवार) काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले पराजित गरे । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भएको छ । संस्थाको स्थापनाकालदेखि नै निरौलाले महासचिव र उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । अघिल्लो कार्यसमितिमा उनी उपाध्यक्ष र प्रवक्ता थिए ।
उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए । महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।
सदस्यमा शीतल केसीले सर्वाधिक ३०२ मत प्राप्त गरी विजयी बने । अन्य सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply