गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी
१० चैत, पोखरा । गण्डकीमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिइसकेका छन् ।
अध्यक्षको निर्देशनअनुसार आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरिने माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिएका छन् । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।
‘निर्देशन आइसक्यो, अब सरकारमा बसिरहने कुरा भएन । आज दलको बैठक बसेर बाहिरिन्छौँ, चुमानले भने । उनका अनुसार संसदीय दलले मन्त्रीको राजीनामा बुझाउने निर्णय गर्नेछ ।
वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नेछन् । संविधानअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
नयाँ सत्ता गठबन्धनबाट गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी गरिरहेका छन् । राजधानीमा रहेका शुक्रबार नै पोखरा फर्किने र माओवादीसँग मन्त्रालयको भागबण्डाको बारेमा छलफल गर्ने स्रोतले बताएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply