अहिलेको गठबन्धन सरकार विदेशी हस्तक्षेपबाट बनेको हो – एमाले उपाध्यक्ष पौडेल
१२ चैत, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन्।
आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले देशभित्रका दल मात्रै नभएर विदेशी हस्तक्षेपबाट सरकार गठन भएको जिकिर गरेका हुन्।
यस क्रममा उनले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको आरोप पनि लगाए।
‘मुलुकलाई स्थायित्व बनाएर जानुपर्छ भन्ने विषयमा सरकार बनाएका थियौँ, उनले भने, सम्बन्धबाट घर्किन थाल्नुभयो। धोका दिएर फर्किनुभयो।
अहिले प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न पनि चर्को समस्या परिरहेको टिप्पणी गरे। उनले भने, यो सरकारको जनताको समस्यातिर ध्यान छैन।
एमालेले थालेको मिसन ग्रासरुट अभियानका क्रममा उपाध्यक्ष पौडेल आज सुदूरपश्चिमका डोटी, अछाम जाने कार्यक्रम छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply