सन्दीपलाई थुनामा पठाउने न्यायाधीशकै इजलासमा फैसलाको पेसी
१३ चैत, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दा फैसलाका लागि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा यो मुद्दा पेसी तोकिएको हो। त्यसअघि ११ वटा मुद्दा बयान बकपत्रलगायतका विषयमा यो इजलासमा पेसी तोकिएका छन्।
सन्दीपको मुद्दाभन्दा अगाडि चेक अनादर, नक्सापास, निषेधाज्ञाका मुद्दा पनि पेसीमा छन्।
घिमिरे तिनै न्यायाधीश हुन्, जसले सन्दीपविरुद्ध थुनछेक आदेश गरेका थिए। गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
पछि घिमिरेले गरेको आदेश उच्च र सर्वोच्चबाट बदर भएको थियो। उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएपछि ९९ दिन थुनामा बसेर सन्दीप छुटेका थिए।
सर्वोच्च अदालतले पनि सन्दीपलाई थुना बाहिर राख्ने आदेश नै सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।
यसअघि जिल्ला अदालत काठमाडौंकै न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले जाहेरवाली किशोरीलाई अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो। अन्तरिम राहत माग गर्दै किशोरीले जिल्ला अदालतमा निवेदन दिएकी थिइन्।
यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने आदेश छ।
यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ।
सन्दीपविरुद्ध गत भदौ २१ गते एक किशोरीले जबर्जस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। उनको जाहेरीपछि प्रहरीले असोज २० गते सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
पीडित किशोरी नाबालिग रहेको दाबी गर्दै सन्दीपलाई १० देखि १२ वर्ष कैद माग गर्दै मुद्दा दर्ता भएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply