१३ चैत्र २०७९, सोमबार ०७:११
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पदम लिम्बूको परिवारलाई तीन लाख दिने कोशी सरकारको निर्णय
१३ चैत, विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गरेको छ ।
प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडीको निर्देशकमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ ।
बैठकले प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
Leave a Reply