विराटनगर तनावग्रस्त : प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा
१४ चैत, विराटनगर । पहिचान पक्षधरको आन्दोलनका कारण मोरङको विराटनगर तनावग्रस्त बनेको छ । कोशी प्रदेशको राजधानी सहर विराटनगरको रोडशेष चोक नजिक आन्दोलनकारीले प्रहरीलाई लक्षित गरी ढुंगामुढा बर्साएका छन् । प्रहरीले अगाडि बढ्न रोकेपछि आक्रोशित आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा बर्साएका हुन् ।
आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि पाँच राउण्ड अश्रु ग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा हानेको छ । कोशी प्रदेश खारेजीको माग राख्दै पहिचान पक्षधरले आज (मंगलबार) विराटनगरमा जनप्रदर्शन गरेका हुन् ।
यस्तै कोशी नामकरणको विरोधमा उत्रिएका प्रदर्शनकारीले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन् । उनीहरूले उर्लाबारी नगरपालिका–६ का वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट समेत गरेका छन् । पहिचानवादीले कोशी नामकरणको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनकै क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पदम लिम्बूको उपचारको क्रममा निधन भएको छ । उनको निधनपछि प्रदर्शनकारी थप आक्रामक बनेका छन् । आन्दोलनमा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ । आन्दोलनकारी उनलाई शहीद घोषणा गर्न माग गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply