प्रचण्डलाई ओलीको आग्रह : हाम्रो भूमि के भइरहेको छ ? खुलस्त भन्नुस्
१६ चैत, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिएका छन्।
निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै ओलीले ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न उनले सुझाव दिए ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले नेपाली भूमिबारे के भइरहेको छ भनेर बोल्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । उनले भने, सरकारले कमसेकम जमिनको बारेमा, हाम्रो भौगोलिक अखण्डताको बारेमा बोल्नुपर्छ । प्रधानमन्त्रीले बोल्नुस् हाम्रो भूमि के भइरहेको छ । कहाँ कहाँ के भएको छ खुलस्त भन्नुस् ।
ओलीले थपे, विदेश भ्रमणमा जाँदै हुनुहुन्छ, त्यहाँ बोल्न सक्ने त उहाँको खुबी नै छैन । आफ्नो जमिनको दाबेदारीको कुरा गर्न जाँदै हुनुहुन्छ कि अरु नै कुरा ? प्रश्न दाबेदारी कि ताबेदारीको भन्ने हो ।
नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता कमजोर स्थितिमा पुगेको उनले बताए । तर सरकार यसबारे चुप रहेको ओलीको आरोप छ । ‘हाम्रो भूमि खुम्चिँदो छ, हाम्रो सीमा मिचिँदो छ, सरकार मौन छ । किनभने यसमा बोल्यो भने सरकार धरापमा पर्न सक्दछ, पूर्वप्रधानमन्त्री ओलीले भने । आफ्नो पद खतरामा पर्छ भनेर बोल्न डराउनेले देशको पक्षमा पनि काम गर्न नसक्ने ओलीको भनाइ छ ।
चुनावमा समेत बाहिरबाट कसले ‘सपोर्ट’ गर्छ उसैले जित्छ भनेर चर्चा चल्ने गरेको भन्दै ओलीले अभ्यास आन्तरिक हुने भए पनि हिसाब बेग्लै हुने गरेको टिप्पणी गरे ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply