मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री , आजै शपथ
१७ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । हिजो (बिहीबार) अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो । प्रधानमन्त्रीलाई आज दलहरूले आ–आफ्नो दलको तर्फबाट सरकारमा क–कसलाई पठाउने सूची बुझाउने छन् ।
बिहान ११ बजेसम्म दलहरूले प्रचण्डलाई नाम बुझाउने र दिउँसो १ बजेपछि शपथ गराउने तयारी गरिएको छ । परराष्ट्र मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा कांग्रेसले निर्णय गर्न सकेको छैन । कांग्रेसका एक उच्च नेताका अनुसार सभापति शेरबहादुर देउवाले मन्त्री पठाउनेमध्ये पूर्णबहादुर खड्का वा रमेश रिजालमध्ये कसलाई परराष्ट्रमन्त्री बनाउने भन्ने विषयमा निर्णय लिन सकेका छैनन् ।
ती नेताका अनुसार कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा बिहीबार मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निश्चित भइसकेको छ । खड्कालाई उपप्रधानसहित रक्षा पठाउने चर्चा कांग्रेसमा छ ।
कांग्रेसले प्रकाशरण महतलाई अर्थमन्त्री बनाउने निश्चित भइसकेको छ । अन्य मन्त्रालयको विषयमा भने देउवामात्र जानकार भएको स्रोतको भनाइ छ । यत, अन्य दलहरूले आज ११ बजेभित्र मन्त्रीको फाइनल लिस्ट बुझाउने र १ बजेपछि मात्र शपथ ग्रहण गर्ने तयारी गरिएको ती नेताले जानकारी दिए ।
आज बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले जानकारी दिएका छन् । हिजो बसेको गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैं मिलाउने भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।
सत्ता साझेदार दलहरूसँग सामुहिक र एक्ला–एक्लै संवाद गरे पनि दलहरूले केही मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply