कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै
१७ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (शुक्रबार) दोस्रो पटक विश्वासको मत लिँदैछन । सत्तामा सहभागी दलमध्ये राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । शर्मा पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
पुस १० गते एमालेसहितको गठबन्धन बन्दा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त भएका हुन् । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपरेको हो । कर्णालीमा कांग्रेस सत्ता बाहिर नै छ । एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने / नदिने विषयमा कांग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । बहुमत नभएकै कारण कर्णालीमा हाल दुई दल मिलेर सरकार चलाइरहेका छन् । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा विनोद शाह, सामाजिक विकासमन्त्रीमा टेकराज पछाईं र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा जितबहादुर मल्ल छन् । एमाले सत्ताबाट नबाहिरिएको र कांग्रेस आफैंले नेतृत्व गर्न पाउनुपर्ने तर्क गर्दा राजनीतिक समीकरण कस्तो बन्छ भन्ने शुक्रबार नै तय हुने एमालेका एक नेताले बताए । उनका अनुसार संसदीय दलको बैठकपछि मात्रै अन्तिम निर्णय लिने तयारीमा एमाले देखिन्छ ।
एमालेबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गर्ने मनसायमा मुख्यमन्त्री शर्मा देखिँदैनन् । यही सरकारलाई अघि बढाउने र कांग्रेसलाई पनि सरकारमा सहभागी गराएर गरिबी, अविकास, विकटतालाई अन्त्य गर्न दलहरू एक ठाउँमा उभिनुपर्ने तर्क मुख्यमन्त्रीको छ । कर्णालीमा कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक–एक सांसद छन् । प्रदेशसभाको बैठक शुक्रबार दिउँसो ३ बजे बस्दै छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply