कार्यभार सम्हाल्दै अर्थमन्त्री महतले भने, ‘खस्किएको अर्थतन्त्र सुधार्छु’
१७ चैत, काठमाडौं । नव नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यभार सम्हालेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले देशको अर्थतन्त्र संकटमा रहेको बताएका छन् । उनले अर्थमन्त्रीको हैसियतले अर्थतन्त्रमा देखिएको संकट परास्त गर्न भरपुर कोशिस गर्ने बताएका छन् । उनले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् ।
उनले अर्थतन्त्रलाई थप मन्दीमा जान नदिन आफू सक्दो पहल गर्ने बताए । ‘हाम्रो अर्थतन्त्रमा यतिबेला मन्दी लागेको छ । राजस्वको परिवेश, आपूर्तिको परिवेश सन्तोषजनक छैन । अहिले राजस्वभन्दा धेरै खर्च छ । पूँजीगत खर्च गर्न सकेका छैनौं । समग्र परिस्थितिको सामना गर्दै खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यत्न रहन्छ, उनले भने ।
उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोँच लिएर अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने बताएका छन् । उनले वित्तीय क्षेत्रमा पनि विभिन्न समस्या रहेको भन्दै राष्ट्र बैंकसँग को–अपरेटिभ रूपमा काम गर्ने र वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने बताए ।
उनले बजेटले पूर्णता नपाएसम्म कुनै बधाइ तथा शुभकामना नलिने प्रतिबद्धता जनाए । ‘बजेट नआएसम्म म कुनै बधाई तथा शुभकामना ग्रहण गर्दिनँ । पहिले अर्थतन्त्रलाई कसरी सकारात्मक दिशामा डोर्याउने, कस्तो बजेट ल्याउने विषयको टुंगो लगाएर मात्रै बधाई तथा शुभकामना ग्रहण गर्छु, उनले भने ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply