एमाले बैठक- भीम रावलसँग संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन
१८ चैत, काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न र पार्टीमा बस्ने वा नबस्ने टुंगो लगाउँदा तीन सदस्य टोली गठन गरेको छ ।
पार्टीको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिम कमाण्डर रहेका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव गुरुङले पूर्व उपाध्यक्ष रावल दशौं महाधिवेशनपछि पार्टीको विधि विधानबाहिर रहेर पार्टीको गतिविधिमा समेत संलग्न नरहेकाले संवाद गर्न पौडेल नेतृत्वको टोलीलाई जिम्मा दिइएको बताए । सोही टोलीले संवाद गरेर आवश्यक टुंगोमा पुग्ने र पार्टीको जिम्मेवारी दिने उनले बताए ।
पछिल्लो पटक उपाध्यक्ष पौडेल मिसन ग्रासरुट अभियानकै क्रममा रावलको गृह नगर साँफेबगर पुग्दा उनीनिकट केही कार्यकर्ताले अन्य नेता बोलिरहेका बेला होहल्ला र अवरोध सिर्जना गरेका थिए ।
रावलले उनीहरूलाई समर्थन जनाउँदै विष्णु पौडेलविरुद्ध अभिव्यक्ति दिएका थिए । पौडेलले रावलको बारेमा पार्टीले चाँडै एउटा निर्णय गर्ने बताएका थिए । पौडेलको रिपोर्टिङपछि नै सचिवालय बैठकले उनीसँगै संवाद गरेर टुंगो लगाउन टोली गठन गरेको हो ।
यसअघि अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि रावललाई आफ्नै निवासमा बोलाएर लामो छलफल गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply