समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य : महासचिव पोखरेल
१९ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य भएको बताएका छन् । उनले राजनीतिक स्थायित्व भए मात्र विकास र समृद्धि हुने बताएका छन् ।
देश किन बनेन भनेर चिन्ता गर्नेहरु राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्नु पर्ने महासचिव पोखरेलको भनाई छ । ‘बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्न तनहुँ–१, चितवन–२ र बारा–२ मा सूर्य ध्वजाबाहक उम्मेदवारलाई विजयी बनाउने अभियानमा जुटौं ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ । देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौं ।
आगामी वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचनमा हुँदैछ । एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा–२ मा उम्मेदवार तोक्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply