माओवादी अब फर्केर आउँदैन, त्यसैले प्रधानमन्त्रीका लागि मरिहत्ते : योगेश भट्टराई
२१ चैत,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अब फर्केर संसदमा आउन नसक्ने टिप्पणी गरेका छन्।
एमाले दैलेखको ठाटीकाँध गाउँपालिका कमिटीले गरेको मिसन ग्रासरूट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले नेकपा माओवादी केन्द्र हिजो जस्तो फर्केर आउन नसक्ने बताए।
उनले भने, हिजो नेकपा माओवादी केन्द्र बाढीको भल जस्तै थियो। हामीले देखेका थियौं। आज त्यो भल सुक्दै गएको छ। फर्केर बाढी आउनेवाला छैन। त्यसैले अहिले यता र उता हाम फाल्नु परेको छ।
भट्टराईले केही नेताले पदका लागि जतिबेला जहाँ पनि हामफाल्ने गरेको बताए।
उनले भने, जसरी भए पनि प्रधानमन्त्री बन्ने। किन भने अर्को पटक प्रधानमन्त्रीमा आउन सकिँदैन नि। तर, एमालेले यस्तो बल गर्दैन। किन गर्दैन भन्दा एमाले जतिबेला पनि आउन सक्छ नि’ एमालेको त जति पनि सत्तामा आउने बाटो छ।
भट्टराईले सरकार लुते र कमजोर भएकाले देशको अर्थतन्त्रमा आएको समस्या समाधानमा सकस देखिएको बताए।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply