क्षेत्रीय भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली सिमरामा
२२ चैत,बारा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) सिमरा आएका छन् । बारा र पर्सामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन ओली सिमरा आएका हुन् ।
ओलीलाई सिमरा विमानस्थलमा एमालेका नेता कार्यकर्ताले स्वागत गरेका छन् । ओलीले वीरगञ्जमा आयोजना हुन लागेको अखिल नेपाल पिछडा वर्ग महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । पिछडावर्ग महासंघको कार्यक्रममा सहभागी भएर ओली बाराको बरियारपुर पुग्नेछन् ।
बारा क्षेत्र नं. २ को उपनिर्वाचन केन्द्रीत क्षेत्रीय भेलामा सहभागी हुन ओली बरियारपुर जान लागेला हुन् । क्षेत्रीय भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली बुधबार नै काठमाडौं फर्कने कार्यक्रम रहेको एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले जानकारी दिएका छन् ।
क्षेत्र नं. २ को उपनिर्वाचनमा एमालेले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । उम्मेदवारी मनोनयन गरेसँगै पौडेल चुनावी प्रचारमा व्यस्त छन् । उक्त क्षेत्रमा जसपाबाट केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply