क्षेत्रीय भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली सिमरामा
२२ चैत,बारा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) सिमरा आएका छन् । बारा र पर्सामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन ओली सिमरा आएका हुन् ।
ओलीलाई सिमरा विमानस्थलमा एमालेका नेता कार्यकर्ताले स्वागत गरेका छन् । ओलीले वीरगञ्जमा आयोजना हुन लागेको अखिल नेपाल पिछडा वर्ग महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । पिछडावर्ग महासंघको कार्यक्रममा सहभागी भएर ओली बाराको बरियारपुर पुग्नेछन् ।
बारा क्षेत्र नं. २ को उपनिर्वाचन केन्द्रीत क्षेत्रीय भेलामा सहभागी हुन ओली बरियारपुर जान लागेला हुन् । क्षेत्रीय भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली बुधबार नै काठमाडौं फर्कने कार्यक्रम रहेको एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले जानकारी दिएका छन् ।
क्षेत्र नं. २ को उपनिर्वाचनमा एमालेले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । उम्मेदवारी मनोनयन गरेसँगै पौडेल चुनावी प्रचारमा व्यस्त छन् । उक्त क्षेत्रमा जसपाबाट केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply