उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै
२३ चैत, काठमाडौं । उपनिर्वाचन निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ ।
आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुन लागेको उपनिर्वाचनमा क्रमशः २४ जना, ९ जना र ३६ जना गरी ६९ जनाले उम्मेदवारी दिएका छन् । तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यता, चितवन–२ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । लामिछानेले पुनः चितवन–२ बाटै उम्मेदवारी दिएका छन् । उपनिर्वाचनको लागि आउँदो बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply