‘बालेनको अभिव्यक्ति समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास’
२५ चैत,काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज (शनिबार) बिहान सरकार र नेताहरूप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिमा नेकपा एमाले महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत नै आपत्ति जनाएका हुन् । पोखरेलले बालेको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैलाने नियोजित प्रयास गरेको संकेत मिलेको बताएका छन् ।
जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने उनले बताएका छन् । मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ, उनले लेखेका छन् ।
आज बिहान मेयर शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर नउठाउने र नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका थिए । यसप्रति आपत्ति जनाउँदै एमाले महासचिव पोखरेलले जिम्मेवार बन्न मेयर शाहलाई आग्रह गरेका हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply