‘बालेनको अभिव्यक्ति समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास’
२५ चैत,काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज (शनिबार) बिहान सरकार र नेताहरूप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिमा नेकपा एमाले महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत नै आपत्ति जनाएका हुन् । पोखरेलले बालेको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैलाने नियोजित प्रयास गरेको संकेत मिलेको बताएका छन् ।
जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने उनले बताएका छन् । मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ, उनले लेखेका छन् ।
आज बिहान मेयर शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर नउठाउने र नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका थिए । यसप्रति आपत्ति जनाउँदै एमाले महासचिव पोखरेलले जिम्मेवार बन्न मेयर शाहलाई आग्रह गरेका हुन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply