सन्दीपविरूद्धको मुद्दा फैसलाका लागि न्यायाधीश बरालको इजलासमा
२६ चैत, काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज (आइतबार) सुनुवाई हुँदैछ । मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ ।
फास्ट ट्रयाकबाट मुद्दाको किनारा लगाउन सर्वोच्चको आदेश भएसँगै सन्दिपको मुद्दा पटक–पटक पेसी चढेर हेर्न नभ्याइने सूचीमा परेको थियो । उक्त मुद्दाको आज अन्तिम सुनुवाई हो । सुनुवाई १० वटा निवेदन र दुई मुद्दा पछि तोकिएको छ । प्राथमिकतामा परेकोले आज उक्त मुद्दामा सुनुवाई हुने सम्भावना छ ।
परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध भदौ २१ गते बलात्कारको जाहेरी दिएकी थिइन् । जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालत पाटनले बदर गरेर पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएको थियो । उनी पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply