दुर्गा प्रसाईसँग पैसा मागेको अडियो बाहिरिएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित
२६ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ घुस निलम्बित भएका छन् ।
मन्त्री बन्ने भए साढे दुई करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको कुराकानीमा सुनिन्छ । अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ । रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले श्रेष्ठलाई कारबाही गरिएको पुष्टि गरे ।
अडियो बाहिरिएको विषयमा निलम्बन गर्न छानबिन समिति बनाइएको छ’ बुर्लाकोटीले भने, उहाँको निलम्बन भइसक्यो ।
उनी समानुपातिक सांसद हुन् । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूले पनि सुनेको बताएका छन् । अडियो सुनेका छौं । यसबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्दैछ । यो विषयमा पार्टीको अनुशासन समितिलाई ७ दिनको समय दिएर छानबिन प्रतिवेदन तयार गर्ने जिम्मेवारी हुन्छ, उनले भने, सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण सोधिँदैछ । कानुनी रूपमा पनि निर्णय गर्नुपर्छ । केन्द्रीय समितिले निर्णय नगरेसम्म उहाँलाई सांसद र पार्टी सदस्यका रूपमा काम गर्न रोक लगाउँछौं ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply