दुर्गा प्रसाईसँग पैसा मागेको अडियो बाहिरिएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित
२६ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ घुस निलम्बित भएका छन् ।
मन्त्री बन्ने भए साढे दुई करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको कुराकानीमा सुनिन्छ । अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ । रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले श्रेष्ठलाई कारबाही गरिएको पुष्टि गरे ।
अडियो बाहिरिएको विषयमा निलम्बन गर्न छानबिन समिति बनाइएको छ’ बुर्लाकोटीले भने, उहाँको निलम्बन भइसक्यो ।
उनी समानुपातिक सांसद हुन् । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूले पनि सुनेको बताएका छन् । अडियो सुनेका छौं । यसबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्दैछ । यो विषयमा पार्टीको अनुशासन समितिलाई ७ दिनको समय दिएर छानबिन प्रतिवेदन तयार गर्ने जिम्मेवारी हुन्छ, उनले भने, सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण सोधिँदैछ । कानुनी रूपमा पनि निर्णय गर्नुपर्छ । केन्द्रीय समितिले निर्णय नगरेसम्म उहाँलाई सांसद र पार्टी सदस्यका रूपमा काम गर्न रोक लगाउँछौं ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply