अहिलेको गठबन्धन सरकारले कुकर्म गरिरहेको छ : ओली
२७ चैत, नेपालगञ्ज । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले कुकर्म गरिरहेको आरोप लगाएका छन् । नेपालगञ्जमा आज (सोमबार) युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकारको संज्ञा दिए ।
उनले पञ्चायत, राजतन्त्र ढाल्ने आफूहरू नै भएको र संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृति मौलाएको आरोप लगाए । ‘कुनै बेला पञ्चायत पनि थियो । तर हाम्रै अगाडि गर्ल्याम गुर्लुम्म ढल्यो । घाम रहुञ्जेल पञ्चायत रहन्छ भनिन्थ्यो । हामीले केही समयपछि नै ढल्छ भन्यौं । हामीले निरंकुश रातन्त्र पनि ढल्छ भनेका थियौं । त्यो पनि समाप्त भयो । आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । यसमा पनि कतिपय विकृतिहरू आएको छ । गठे संस्कृत, यो गठबन्धनको संस्कृति । जसमा राजनीति छैन, विचार छैन । जेसुकै भए पनि जस्तो भए पनि एउटा निकम्मा सरकार बनाउनु पर्ने र कुकर्म गर्नुपर्ने स्थिति बनाएको छ, उनले भने ।
उनले गठे संस्कृतिले नै देश आरोलो लगाएको बताए । उनले एमाले नेतृत्वको सरकारले देशलाई सही दिशार्फ लगेको दाबी गरे । उनले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको मूल फुटेको बताए । उनले एमालेले काम गर्न सकिन्छ भनेर देखाएको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply