‘टीआरसी’ लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलबीच समझदारी
२८ चैत, काठमाडौँ । बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको सरकार र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने समझदारी भएको छ ।
संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा विधेयक टुंगो लगाउन नेताबीच समझदारी भएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । यसबारे अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने उनले बताए ।
मंगलबार बिहानको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकार र प्रतिपक्षका शीर्ष नेताहरूबीच छलफल भएको हो । बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता सहभागी थिए । उक्त बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी थिए । महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply