‘टीआरसी’ लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलबीच समझदारी
२८ चैत, काठमाडौँ । बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको सरकार र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने समझदारी भएको छ ।
संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा विधेयक टुंगो लगाउन नेताबीच समझदारी भएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । यसबारे अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने उनले बताए ।
मंगलबार बिहानको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकार र प्रतिपक्षका शीर्ष नेताहरूबीच छलफल भएको हो । बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता सहभागी थिए । उक्त बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी थिए । महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply