नेपालका बैंकहरु सुरक्षित छन्,सानो धक्काले डुब्दैनन्
२८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रमा सुधार आएको भन्दै अब सानो धक्काले बैंकहरू समस्यामा नपर्ने बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले गत वर्ष शोधनान्तर, चालु खाता घाटा अत्याधिक रहेको भन्दै अहिले यस्तो अवस्था नरहेको बताए ।
चालु आर्थिक वर्षमा औसतमा महिनामा एक खर्बको दरले रेमिट्यान्स भित्रिएको छ, गभर्नर अधिकारीले भने, गत वर्ष ४ खर्बभन्दा बढीले घाटामा रहेको चालु खाता ४४ अर्बले घाटामा छ । शोधनान्तर करिब डेढ खर्बले बचतमा आएको छ ।
उनले विदेशमा बैंक डुबेको कारण नेपालमा बैंक डुब्ने हल्ला चले पनि नेपालका बैंकहरू बलियो रहेको बताएका छन् । नेपालका बैंकहरूको औसत पुँजीकोष १३ प्रतिशतभन्दा बढी रहेको भन्दै उनले सानो धक्काले बैंकलाई समस्या नहुने दाबी गरे । यस्तै, ब्याजदरको विषयमा पछिल्लो माघ महिनादेखि निक्षेपको ब्याजदर घट्ने क्रममा रहेको र कर्जाको ब्याजदर बढ्न रोकिएको र अब घट्ने जानकारी दिए ।
सरकारी कोषमा एक खर्ब ९० अर्ब नगद मौज्दात
केन्द्रीय बैंकले सरकारीको एक खर्ब ९० अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको जनाएको छ । मंगलबार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस अवधिमा संघीय, प्रादेशिक र स्थानीय तह तीन वटै सरकारीको कोषको गरी कूल एक खर्ब ९० अर्ब ६३ करोड रुपैयाँ नगद रहेको बैंकले जनाएको हो ।
२०७९ असार मसान्तमा यस्तो मौज्दात२ खर्ब २५ अर्ब ८० करोड रहेको थियो । आर्थिक वर्ष २०७९/८० को ८ महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार ७ खर्ब ७९ अर्ब २३ करोड भएको छ ।
समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु.६०८ अर्ब ८४ करोड, रु.८४ अर्ब २६ करोड र रु.८६ अर्ब १३ करोड रहेको छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) रु.५८२ अर्ब ७७ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ५ खर्ब २६ अर्ब ४७ करोड र गैरकर राजस्वतर्फ ५६ अर्ब३० करोड परिचालन भएको बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply