उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औँ साधारणसभाले महासंघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुन लागेको हो । यस महासघको हिजो उद्घाटन भएको थियो ।
हिजोबाट सुरु भएको साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विद्यानत: स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आजबाट निर्वाचन हुनेछ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन् । यसरी निर्वाचित हुने महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।
साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एशोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।
यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एशोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply