२ बैशाख २०८०, शनिबार १३:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रौतहटमा गोली चल्यो : एकको मृत्यु, तीन जना घाइते
२ वैशाख, रौतहट । रौतहटको गढीमाईमा नगरपालिकामा जग्गाको विषयमा विवाद हुँदा गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–८ धोबिनियामा जग्गाका विषयमा विवाद हुँदा दुई समूहबीच शनिबार गोली हानहान भएको हो ।
गोली लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गोली लागेर धनगढीमाई नगरपालिका–८ का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
घाइते भएका तीनै जनाको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । गोली लागेका रायलाई तत्कालै अस्पताल लगिएको थियो । अस्पताल पुग्ने वितिक्कै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply