२ बैशाख २०८०, शनिबार १३:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रौतहटमा गोली चल्यो : एकको मृत्यु, तीन जना घाइते
२ वैशाख, रौतहट । रौतहटको गढीमाईमा नगरपालिकामा जग्गाको विषयमा विवाद हुँदा गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–८ धोबिनियामा जग्गाका विषयमा विवाद हुँदा दुई समूहबीच शनिबार गोली हानहान भएको हो ।
गोली लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गोली लागेर धनगढीमाई नगरपालिका–८ का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
घाइते भएका तीनै जनाको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । गोली लागेका रायलाई तत्कालै अस्पताल लगिएको थियो । अस्पताल पुग्ने वितिक्कै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply