एमाले सांसद पन्तले संसदमा सुनाए ‘प्रधानमन्त्री हराएको’ सूचना
३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद बैठकमा अनुपस्थित भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा सांसद रघुजी पन्तले व्यङग्य गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल बैठकमा अनुपस्थित भएको विषयलाई व्यक्ति हराएको सूचनाको शैलीमा प्रस्तुत गरेका हुन् ।
एमाले नेता पन्तको सूचना उनकै शब्दमा
नागरिकताको नाम– श्री पुष्पकमल दाहाल ।
चलनचल्तीको नाम– प्रचण्ड ।
स्थायी ठेगाना– फेरिई राख्ने ।
अस्थायी ठेगाना– कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया– पहिले–पहिले कोट पाईन्ट लगाउने गरेको भए पनि हाल दौरासुरुवाल र टोपी पनि लगाउने ।
उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर, संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नु हुने महानुभावले संसद् भवन नयाँ बानेश्वरमा बुझाई दिनुहोला ।
अन्तिम पटक देखिएको स्थान– बालुवाटारको छेउछाउ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply