तीन दिनसम्म उपत्यकासहित देशभरको वायु प्रदूषण कायमै रहने
४ वैशाख, काठमाडौँ । अझै तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बढिरहेको वायु प्रदूषण कायमै रहने भएको छ ।
प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा चल्ने र पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाले जनाएको छ ।
डढेलोबाट निस्किएको धुवाँसँगै पानी पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिए । उनले स्याटलाइट इमेज हेर्दा काठमाडौँ उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको बताए ।
बारा, पर्सा र चितवनबाट बागमती कोरिडोर हुँदै काठमाडौँमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडौँ उपत्यकामा प्रदूषणको मात्रा बढेको उनले जानकारी दिए । यसैबीच विज्ञहरूले प्रदूषणबाट जोगिन सावधानी अपनाउन आग्रह गरेका छन् । वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ ।
जलवायु तथा विपदविज्ञ डा. धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताए । उनले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताए । उनले केही दिनका लागि धुँवा निकाल्ने गाडी र मापदण्ड पालना नगरेका गाडी सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे । उनले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्र गर्न र कालोपत्र गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताए ।
उप्रेतीले वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सरलगायतका समस्याहरू बढ्ने बताए । यसैबीच प्रदूषित हावाका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलहरूको उडान प्रभावित बनेको हो । काठमाण्डौमा अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य भइरहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ । देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का / क्षणिक वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply