गण्डकीमा बहुमतको सरकार गठनका लागि आह्वान
१२ वैशाख, पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङलेसरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले ३ दिनको समय दिएको छ ।
एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो । सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदको गठबन्धन छ । गण्डकीमा सरकारको नेतृत्व कांग्रेसले लिने कि माओवादीले लिने भन्ने विषयमा टुंगो नलाग्दा सरकार गठनका लागि ढिला भएको थियो ।
केन्द्रमा दुई दलबीच आलोपालो गर्ने सहमति भए पनि पहिला नेतृत्व कुन दलले लिने भन्ने दलबीच अनौपचारिक सहमति भएपछि गण्डकीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुख गुरूङका प्रेस संयोजक माधव रेग्मीले बताए । ६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७, सभामुखसहित माओवादीको ८, एमालेको २२, राप्रपाको २ सिट र स्वतन्त्र सांसदको सहभागिता रहेको छ ।
कांग्रेस संसदीय दलको बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । कांग्रेस संसदीय दलका नेता पाण्डे आइतबारबाटै काठमाडौंमा छन् । कांग्रेसका केही सांसद माओवादीलाई मुख्यमन्त्री दिन नहुने भन्दै सोमबार काठमाडौं डेलिगेसन गएका थिए । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी र कांग्रेसबाट आलोपाले मुख्यमन्त्री बन्ने समझदारी भए पनि पहिला कांग्रेसबाटै हुने बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply