‘फ्लाई दुवई’ का कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
१२ वैशाख, काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको भन्दै दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ ।
फ्लाई दुवईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरुको विमानस्थल प्रवेश पास निस्क्रिय पारिएको जनाएको छ । सामाजिक सञ्जालमार्फत् प्राधिकरणले यस्तो जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले चरा ठोक्किएको प्रमाण नदेखाई भ्रम फैलाउने काम गरेको बताएका छन् ।
फ्लाई दुवईका पाइलटलाई जहाजमा के समस्या आएको हो, प्रमाण पेश गर्न भनेका छौँ, प्रवक्ता निरौलाले भने, हामीले चरा ठोक्किएको प्रमाण नदेखेकाले फ्लाई दुवईका प्रतिनिधिलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।उनले सोमबार राति जहाजमा के भएको हो फ्लाई दुवईले प्रमाण दिएपछि मात्रै पूर्ण जानकारी आउने बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply