झापामा एमाले अध्यक्ष ओलीविरुद्ध ढुंगामुढा, एक जना पक्राउ
१३ वैशाख, झापा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा ढुंगा प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सो क्रममा दुई जना प्रहरी घाइते भएका थिए ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको संसदलाई जानकारी गराएका छन् । एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास भएको प्रमुख सचेतक पदम गिरीले बताएपछि जवाफमा गृहमन्त्री श्रेष्ठले उश्रृंखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको बताएका हुन् ।
प्रतिनिधि सभामा बोल्दै एमाले प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए । गिरीले भने, ‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल जाने क्रममा बाहिरपट्टी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बाहिरबाट होहल्ला गर्ने गतिविधि भयो । कार्यक्रम बिथोल्न अवााञ्छित गतिविधि भयो । शान्ति भंग गराउने काम भयो ।
हामीले लडेर यो मुलुकमा लोकतन्त्र ल्यायौँ । यति ठूलो परिवर्तन हाम्रै नेतृत्वमा हामीले गर्यौं । तर आज नेकपा एमालेको एउटा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा एमालेको नेतृत्वमाथि ढुंगामुढा गर्ने कोशिस गरिएको छ’, उनले भने, ‘अनेकौँ ढंगले कार्यक्रम भाँड्ने कोशिस गरिन्छ । अशान्ति पैदा गर्ने कोशिस गरिन्छ । त्यसमा सत्तापक्षकै कार्यकर्ताहरु घुसपैठ गरिएको छ । मुलुकमा शान्ति स्थापना गर्ने दायित्व सत्ता पक्षको हो कि होइन ? त्यो जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हामी प्रतिपक्षमा बसेर अन्याय सहन गर्नुपर्ने कुनै कारण छैन ।’ प्रमुख सचेतक गिरीले प्रमुख प्रतिपक्ष जस्तो पार्टीलाई जिस्क्याउने काम नगर्न पनि सत्तारुढ दल र सरकारलाई सचेत गराए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply