महावीर पुनसँग सरकारले थाल्यो वार्ता
१७ वैशाख, काठमाडौं ।सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता सुरु गरेको छ।
उनीसँग अहिले कानुन मन्त्रालयसमेत सम्हाल्दै आएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का वार्ता गरिरहेका छन्।
रक्षा मन्त्रालयमा केहीबेर अघिबाट सुरु भएको वार्तामा सरकारका मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी छन्।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा बसेपछि उनीसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आइतबारमात्रै पुनसँग अविलम्ब संवाद गर्न सरकारलाई आग्रह गरेका थिए।
आविस्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु,’ शर्माले ट्विटरमा लेखेका थिए।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply