एसीसी प्रिमियर कपको उपाधि नेपाललाई
१९ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको छ।
पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ। एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ।
एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।
नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो।
सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो।
त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन।
यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३०.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले रनको ९६ रनको अविजित साझेदारी गरे। गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहे।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply