एमाले सांसद कोइरी निलम्बित
१९ वैशाख, काठमाडौं । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको उनको सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई मंगलबार निलम्बन गरेका हुन् । अहिले प्रतिनिधिसभाको बैठक चलेको छैन । तर सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरी निलम्बनमा परेको जानकारी दिएको हो ।
दोस्रो पटक प्रहरीको पत्र पाएपछि सभामुख घिमिरेले हत्या अभियोग लागेका कोइरीलाई निलम्बन गरेका हुन् । प्रहरीले आइतबार सभामुख घिमिरेलाई कोइरी पक्राउमा सहयोग गर्न माग गर्दै दोस्रो पटक पत्र पठाएको थियो ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका कोइरी लामो समय संसद्मा अनुपस्थित छन् ।
गत वैशाख १५ गते बसेको संसद् बैठकमा सभामुख घिमिरेले कोइरी उपचारमा रहेको भन्दै अनुपस्थितको बिदा स्वीकृत गराउन खोजेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनी फरार अपराधी भएकाले बिदा दिन नसक्ने अडान लिएपछि संसद् बैठक अवरुद्ध भएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply