एमाले सांसद कोइरी निलम्बित
१९ वैशाख, काठमाडौं । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको उनको सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई मंगलबार निलम्बन गरेका हुन् । अहिले प्रतिनिधिसभाको बैठक चलेको छैन । तर सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरी निलम्बनमा परेको जानकारी दिएको हो ।
दोस्रो पटक प्रहरीको पत्र पाएपछि सभामुख घिमिरेले हत्या अभियोग लागेका कोइरीलाई निलम्बन गरेका हुन् । प्रहरीले आइतबार सभामुख घिमिरेलाई कोइरी पक्राउमा सहयोग गर्न माग गर्दै दोस्रो पटक पत्र पठाएको थियो ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका कोइरी लामो समय संसद्मा अनुपस्थित छन् ।
गत वैशाख १५ गते बसेको संसद् बैठकमा सभामुख घिमिरेले कोइरी उपचारमा रहेको भन्दै अनुपस्थितको बिदा स्वीकृत गराउन खोजेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनी फरार अपराधी भएकाले बिदा दिन नसक्ने अडान लिएपछि संसद् बैठक अवरुद्ध भएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply