१९ बैशाख २०८०, मंगलवार १३:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बझाङमा हिमपहिरो, यार्सागुम्बा खोज्न गएकी एक महिलामा बेपत्ता
१९ वैशाख, बझाङ । बझाङमा हिमपहिरोमा परेर यार्सागुम्बा खोज्न गएकी एक महिला बेपत्ता भएकी छन् । बझाङको सुर्मा गाउँपालिका–१ देवडी घर भएकी ३३ वर्षीया झलनादेवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी हुन् ।
उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएको समय बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिएका छन् । सोमबार राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको बताइएको छ ।
उनको साथमा रहेका दुई वटा छोरा भने सकुसल घर पुगेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ । घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले बताएको छ । खोजीका लागि प्रहरी टोली परिचालन भएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply