१९ बैशाख २०८०, मंगलवार १३:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बझाङमा हिमपहिरो, यार्सागुम्बा खोज्न गएकी एक महिलामा बेपत्ता
१९ वैशाख, बझाङ । बझाङमा हिमपहिरोमा परेर यार्सागुम्बा खोज्न गएकी एक महिला बेपत्ता भएकी छन् । बझाङको सुर्मा गाउँपालिका–१ देवडी घर भएकी ३३ वर्षीया झलनादेवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी हुन् ।
उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएको समय बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिएका छन् । सोमबार राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको बताइएको छ ।
उनको साथमा रहेका दुई वटा छोरा भने सकुसल घर पुगेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ । घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले बताएको छ । खोजीका लागि प्रहरी टोली परिचालन भएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
Leave a Reply