नक्कली शरणार्थी प्रकरण : सन्दीपलाई आज अदालत पेस गरिँदै
२१ वैशाख, काठमाडौं । अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीपुत्र सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदैछ।
प्रहरीका अनुसार सन्दीपलाई काठमाडौं ल्याउन भैरहवा विमानस्थल पुर्याइएको छ। तर मौसम प्रतिकूल भएका कारण उडान हुन सकेको छैन।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका सन्दीप बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए। नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो।
छोरा पक्राउ परेपनि सांसद टोपबहादुरलाई भने प्रहरीले अहिलेसम्म समातेको छैन, उनी गृहजिल्ला अर्घाखाँची छन्।
बुटवलबाट पक्राउ परेका सन्दीपलाई बुधबार भैरहवा हिरासतमा राखिएको थियो। आज काठमाडौं पठाउन लागिएको रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
सन्दीपलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौंमा पेस गर्न लागिएको हो।
हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।
उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ। बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।
यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनीहरू हाल फरार छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply