राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री
२१ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । राष्ट्रपति पौडेल नयाँदिल्लीबाट उपचार गरेर आएपछि प्रधानमन्त्रीले पहिलो पटक भेटका लागि शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति पौडेल अहिले शीतल निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् । उनले यसअघि राजनीतिक तथा व्यक्तिगत भेटघाट रोकेका थिए । पौडेल यही आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए । त्यसयता चिकित्सकको सल्लाहअनुसार उनी आराम गरिरहेका छन् ।
राष्ट्रपति पौडेल गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार का लागि गएका थिए । यो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त तीन नेताको शपथबारे पनि कुरा गर्ने बताइएको छ ।
यस्तै आउँदो २४ गते बस्ने गरी बोलाइएको बजेट अधिवेशनबारे पनि दुई नेताबीच छलफल हुन सक्ने स्रोतले जानकारी दिएको छ । राष्ट्रपतिले संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आगामी वैशाख २४ गते अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply