न्याय प्रणाली छिटो–छरितो बनाउँछु : कानुनमन्त्री
२१ वैशाख, काठमाडौं । नव नियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज (बिहीबार) मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कुनै पनि योजना अघि बढाउँदा सम्पूर्ण जानकारी लिएर मात्र काम गर्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता न्याय प्रणालीलाई छिटो र छरितो बनाउन हुने बताएका छन् ।
कुनै पनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिने छ । कुनै पनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्ने कुरा निकालिनेछ । सुशासन, न्याय ढिला हुने कुरामा प्राथमिकता हुनेछ, त्यसको अन्त्यका लागि प्रयास हुनेछ, म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढुनेछु, गुरुङले भने ।
उनले कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने पनि बताए । ‘कानुन बमोजिम सबै चल्नुपर्छ । कानुनभन्दा माथि कोही पनि हुँदैन । त्यही ढंगबाट अघि बढ्न सबैको सहयोग हुने विश्वास छ, त्यही अनुसार म काम गर्नेछु । कुनै पनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट हुँदैन । अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो, छरितो चुस्त दुरुस्त बनाउनेछु’, उनले भने । कानुनमन्त्री गुरुङले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply