न्यायाधीश बिदामा बसेपछि सन्दीपको मुद्दाको सुनुवाइ स्थगित
२४ वैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएको छ।
आजका लागि इजलास नं १३ मा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पेशी तोकिएको थियो। तर न्यायाधीश ढकाल बिदामा बसेका कारण सुनुवाइ नहुने भएको हो। मुद्दाको सुनुवाइ स्थगित गरिएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए।
यसअघि वैशाख ११ गते अढाई घण्टा बहस भएर पनि मुद्दाको फैसला हुन सकेको थिएन। जाहेरवालाका ५ कानुन व्यवसायीले बहस गरेपनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराख्ने भनेपछि फेरि सुरुबाटै सुनुवाइ हुने भएको हो।
सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौ २० गते बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
पछि उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै सन्दीप छुटेका थिए। सर्वोच्चले पनि सन्दीपलाई छाड्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि फकुवा गरेको थियो।
सर्वोच्चले त्यतिबेलै मुद्दा छिटो फैसला गर्न जिल्ला अदालतलाई भने पनि जिल्ला अदालतमा पटक पटक सर्दै आएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply