प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गर्न सिफारिस
२५ वैशाख,काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । आज (सोमबार) बसेको संवैधानिक परिषद वैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको एक सदस्यले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्याकेजमा सहमति गर्नु पर्ने अडान राख्दा प्रधानन्यायाधीश नियुक्तिमा सकस परेको थियो । यसअघि बसेको संवैधानिक परिषद्को बैठकमा पनि यसबारे सहमति जुट्न सकेको थिएन ।
संवैधानिक परिषदमा प्रधानन्यायाधीश पनि सदस्य रहन्छन् । तर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की भने सहभागी भएनन् । आफैलाई सिफारिस गर्नुपर्ने बैठकमा उनी सहभागी नभएका हुन् ।
संवैधानिक परिषद् सम्बन्धी व्यवस्था संविधानको धारा २८४ मा छ ।
उक्त व्यवस्था अनुसार कानुनमन्त्री भने प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा मात्रै संवैधानिक परिषदको सदस्यका रुपमा सहभागी हुनेछन् । संविधान अनुसार रिक्त हुनु एक महिनापहिले नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था संविधानमा छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply