प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गर्न सिफारिस
२५ वैशाख,काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । आज (सोमबार) बसेको संवैधानिक परिषद वैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको एक सदस्यले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्याकेजमा सहमति गर्नु पर्ने अडान राख्दा प्रधानन्यायाधीश नियुक्तिमा सकस परेको थियो । यसअघि बसेको संवैधानिक परिषद्को बैठकमा पनि यसबारे सहमति जुट्न सकेको थिएन ।
संवैधानिक परिषदमा प्रधानन्यायाधीश पनि सदस्य रहन्छन् । तर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की भने सहभागी भएनन् । आफैलाई सिफारिस गर्नुपर्ने बैठकमा उनी सहभागी नभएका हुन् ।
संवैधानिक परिषद् सम्बन्धी व्यवस्था संविधानको धारा २८४ मा छ ।
उक्त व्यवस्था अनुसार कानुनमन्त्री भने प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा मात्रै संवैधानिक परिषदको सदस्यका रुपमा सहभागी हुनेछन् । संविधान अनुसार रिक्त हुनु एक महिनापहिले नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था संविधानमा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply