लोकसेवा आयोगका डेटा सुरक्षित नराख्नेलाई कारबाही गरियोस् : सांसद डाँगी
२६ वैशाख, काठमाडौं । लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परिक्षार्थीका तथ्यांक सुरक्षित नराख्ने अधिकारीहरूलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद निशा डाँगीले सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा सांसद डाँगीले लोकसेवा आयोगमा विद्युतीय माध्यमबाट परीक्षार्थीले आफ्नो व्यक्तिगत विवरण बुझाएको तर त्यो सुरक्षित नराखेर आयोगका अधिकारीले गैरजिम्मेवारीपन प्रस्तुत गरेको बताइन् ।
२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डेटा हराएको छ । डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ । विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन,’ उनको माग थियो, ‘डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस् ।
परीक्षार्थीका फारामका विवरण सुरक्षित राख्नुपर्नेमा त्यसो नगरेर अधिकारीहरूले लापरबाही गरेको सांसद डाँगीको भनाइ छ । आयोगले परिक्षार्थीहरूका तथ्यांक हराएको भन्दै पुनः फाराम भर्नका लागि सूचना जारी गरेको विषयलाई सांसदले प्रतिनिधिसभा बैठकमा विषय उठाएकी हुन् । उक्त प्रकरणले पनि युवाहरूलाई राज्यप्रति निराश बनाएको उनको भनाइ थियो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply