यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर
२७ वैशाख, काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई दोषी ठहर गर्दै पीडित महिलालाई ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको छ ।
एक म्यागेजिनको लेखिका ई जिन क्यारलले आफूमाथि ट्रम्पले सन् १९९० मा यौन दुर्व्यवहार गरेको र उल्टै पीडितले झुठो बोलेको भन्दै आफ्नो मानहानी गरेको भन्दै मुद्दा दर्ता गराएकी थिइन् । उक्त मुद्दा क्रिमिनल कोर्टमा नभई सिभल कोर्टमा चलिरहेकाले पीडितले भनेजस्तो एक डिपार्टमेन्टल स्टोरमा क्यारलको बलात्कार भएको भने अदालतमा पुष्टि नभएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
दुई सातासम्म म्यानहटन फेडरल कोर्टमा जारी यस सुनुवाइमा आरोपित ट्रम्प भने उपस्थित भएका थिएनन् । उनले सुरुदेखि नै उक्त आरोप मिथ्या भएको दाबी गर्दै आएका छन् । अबको राष्ट्रपतीय निर्वाचनमा लड्नका लागि ट्रम्पलाई यो फैसलाले ठूलो धक्का पुगेको आंकलन गरिएको छ ।
अदालतले क्यारललाई ३० लाख अमेरिकी डलर मानहानी गरेबापत र बाँकी २० लाख अमेरिकी डलर यौन दुर्व्यवहार गरेबापत गरी कूल ५० लाख अमेरिकी डलर तिर्नुपर्ने भएको हो । यस फैसलालाई उनले निजी सामाजिक सञ्जाल ट्रुथमार्फत प्रतिक्रिया समेत दिएका छन् । आफूमाथि आरोप लगाउने महिलाको बारेमा आफूलाई थाहा नभएको भन्दै उनले लेखेका छन्‚ ‘मलाई आरोप लगाउने महिला को हो भन्नेसम्म पनि थाहा छैन । अदालतको यो फैसला अपमानजनक छ ।
पूर्व राष्ट्रपति ट्रम्पका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा यसलाई डेमोक्रेटिक पार्टीको ट्रम्पविरुद्धको ‘अभियान’ भएको र राजनीतिक प्रभावमा गरिएको झूठो मामिला भएको आरोप लगाइएको छ । ट्रम्पको टिमले भने यो फैसलाको विरुद्ध अपिल गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply